दफा ५१
भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्था
०(१) निकासी वा पैठारी हुने मालवस्तु भन्सार कार्यालयबाट छुटाउन वा भन्सार कार्यालयसँग सम्बन्धित कामको लागि निकासी वा पैठारीकर्ताको भन्सार एजेन्टको रुपमा काम गर्न चाहने व्यक्तिले विभागबाट भन्सार एजेन्टको इजाजतपत्र लिनु पर्नेछ।

(२) भन्सार एजेन्टको इजाजतपत्र सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ ।